मोहनविक्रम सिंह
कार्ल माक्र्सको जन्म १८१८ मे ५ मा भएको थियो । त्यसरी उनको जन्म भएको २०० वर्ष हु“दैछ । उनको मृत्यु भएको लामो समय बितिसक्यो तैपनि आज उनी जीवित छन् । मृत्युपछि पनि जीवन रहिरहने कुरा कुनै खास व्यक्तिहरूका लागि मात्र सम्भव हुन्छ । त्यसप्रकारका केही ऐतिहासिक व्यक्तिहरूमा माक्र्सको नाम पनि आउ“छ ।
माक्र्सको विश्व कम्युनिस्ट आन्दोलनमा ठूलो महŒव छ । आफ्नो जीवनकालमा उनले जे कार्य गरे तथा सिद्धान्त, दर्शन, अर्थशास्त्र वा क्रान्तिकारी आन्दोलनको क्षेत्रमा उनको जुन महान् योगदान रह्यो त्यसले उनको व्यक्तित्वलाई धेरै माथि उठाइदिएको छ । तर उनको मृत्युपछि उनको व्यक्तित्वले कैयौ“ गुणा बढी ऐतिहासिक, अन्तर्राष्ट्रिय रूप लिएको छ । कम्युनिस्ट घोषणापत्रमा लेखिएको छ ः ‘आज कम्युनिज्मको भूतले सारा युरोपलाई सताइरहेको छ ।’ त्यो उनको जीवनकालको नै कुरा थियो । तर उनको मृत्युपछि उनको ‘भूत‘ ले सारा संसारलाई नै सताइरहेको छ । उनले कम्युनिज्मका जुन सिद्धान्तको प्रतिपादन गरे, करोडौ“ मानिसहरूलाई उद्वेलित वा परिचालित ग¥यो । कम्युनिज्मको सिद्धान्तका आधारमा संसारमा महान्् उथलपुथल भयो । क्रान्तिकारी परिवर्तनहरू भए । विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलनको विकास भयो । विश्व समाजवादी व्यवस्थाको स्थापना भयो । आज पनि माक्र्सवाद विश्वव्यापी चर्चा, छलफल वा अध्ययन र क्रान्तिकारी आन्दोलनको विषय बनेको छ । ती सबैले माक्र्सको व्यक्तित्वलाई आफ्नो जीवनकालमा भन्दा कैयौ“ गुणा माथि उठाइदिएका छन् ।
माक्र्सको महŒव इतिहास र वर्तमान कालसम्म मात्र सीमित छैन, यसको गति लगातार भविष्यतिर पनि बढिरहेको छ । अन्त्यमा यसले आज विश्वमा विद्यमान शोषणप्रधान व्यवस्थामाथि आधारित सम्पूर्ण पु“जीवादी व्यवस्थालाई अन्त्य गर्नेछ र विश्वव्यापी रूपमा समाजवाद र साम्यवादको स्थापनाका लागि महŒवपूर्ण योगदान दिनेछ । यसरी के कुरामा कुनै शङ्का रहन्न भने आफ्नो जीवनकालमा माक्र्सले विश्वमा जुन महान्् योगदान दिएका थिए त्योभन्दा कैयौ“ गुणा बढी योगदान आफ्नो मृत्युपछि दिइरहेका छन् । त्यसैले हामी भन्न सक्छौ“– आफ्नो मृत्युपछि पनि उनी जीवित छन् ः पहिलेभन्दा कैयौ“ गुणा बढी व्यक्तित्वका साथ जीवित छन् । कुरा त्यति मात्र होइन, उनी संसारभरको क्रान्तिकारी आन्दोलनका साथ मिलेर लडिरहेका छन् । मजदुर, किसान, महिला, जनजाति, दलित, युवक, विद्यार्थीहरूका न्यायपूर्ण सङ्घर्ष हुन् वा कुनै देशमा चल्ने प्रजातान्त्रिक, वामपन्थी राष्ट्रिय मुक्ति आन्दोलन आदि सबैमा उनी अग्रिम पङ्क्तिमा उभिएर लडिरहेका छन् ।
उपर्युक्त प्रकारको पृष्ठभूमिमा माक्र्स आज पनि संसारभरका सबै पु“जीवादी वा सबै प्रकारका शक्तिहरूका लागि ठूलो चुनौती बनेका छन् । माक्र्सको त्यो शक्तिलाई समाप्त गर्नका लागि संसारभरका प्रतिक्रियावादी शक्तिहरूले आफ्नो पूरा शक्ति लगाइरहेका छन् । तर उनीहरूले माक्र्सवादमाथि जति हमला गर्दै जान्छन् त्यति नै संसारका कम्युनिस्टहरूको शक्ति झन् बढेर जान्छ । सोभियत सङ्घसहित संसारका पूर्वसमाजवादी देशहरूमा समाजवादको पतन भएपछि प्रतिक्रियावादी शक्तिहरूले कम्युनिज्मलाई सधै“का लागि पराजित गरेको दाबी गर्न थालेका छन् । तर माक्र्सवाद एउटा यस्तो अमर ज्योति हो जो कहिल्यै निभ्दैन ।
रोमका दास मालिकहरूले स्पार्टाकस र उनका सहयोद्धाहरूको निर्मम नरसंहार गरेर दासप्रथालाई सधै“का लागि कायम राख्ने परिकल्पना गरेका थिए । तर अन्त्यमा दासप्रथाको नै अन्त्य भएको थियो । पु“जीवादी क्रान्ति पनि संसारका कैयौ“ देशहरूमा बारम्बार पराजित भएका थिए । तर अन्त्यमा पु“जीवादी क्रान्तिहरू होइन, स्वयम् राजतन्त्र र सामन्तवादी व्यवस्थाहरू नै समाप्त हु“दै गएका थिए । ब्रिटिस साम्राज्यवादसहित संसारका कैयौ“ साम्राज्यहरू आफ्नो समयमा अजेयजस्ता मानिन्थे तैपनि अन्त्यमा यिनीहरूको विनास हु“दै गयो । त्यही प्रकारले आज पु“जीवादी वा विश्व साम्राज्यवादी व्यवस्था जतिसुकै शक्तिशालीजस्तै देखिए पनि अन्त्यमा त्यसको विनास हुनु र त्यसको ठाउ“मा समाजवादी व्यवस्था स्थापना हुनु अवश्यम्भावी छ ।
माक्र्सको एउटा महŒवपूर्ण देन यो रहेको छ कि समाजमा परिवर्तन कसरी हुन्छ र कुनै एउटा व्यवस्थाको ठाउ“मा अर्को व्यवस्थाको जन्म वा विकास कसरी हुन्छ ? त्यसको नियम पनि पत्ता लगाएका छन् । ऐतिहासिक भौतिकवादले त्यो नियममाथि प्रकाश हाल्दछ । ऐतिहासिक भौतिकवाद माक्र्सले विश्वको क्रान्तिकारी आन्दोलनलाई दिएको सबैभन्दा ठूलो हतियार हो । ऐतिहासिक भौतिकवादले यो बताउ“छ कि पु“जीवादको गर्भबाट समाजवादको जन्म हुन्छ ।
माक्र्सले भनेका छन्– अन्य दर्शनहरूले संसारको व्याख्या गर्ने मात्र काम गरेका छन् तर मुख्य आवश्यकता संसारका व्याख्याभन्दा पनि त्यसलाई बदल्नु हो । उनले जुन दार्शनिक सिद्धान्तको प्रतिपादन गरे त्यसअनुसार संसारलाई बदल्नका लागि कम्युनिस्टहरूले विश्वव्यापी रूपमा सङ्घर्ष गर्दै आएका छन् । त्यो सङ्घर्षको अन्तिम उद्देश्य हो, शोषणमाथि आधारित समाज व्यवस्थालाई सम्पूर्ण रूपले परिवर्तन गर्नु र त्यसको ठाउ“मा स्वतन्त्रता, समानतामाथि आधारित शोषणविहीन समाज व्यवस्था स्थापना गर्नु । मानिसहरूले व्यक्तिगत जीवनलाई सुखी र सम्पन्न गराउनका लागि जीवनभरि नै मेहनत गर्दछन् वा विभिन्न प्रकारका दुःखकष्ट उठाउँछन् तर त्योभन्दा हजारौ“, लाखौ“ गुणा बढी महŒवपूर्ण कार्य सम्पूर्ण संसारलाई बदल्न र त्यसलाई सुखी बनाउनका लागि आफूलाई सम्पूर्ण रूपले आत्मसमर्पण गर्नु हो । माक्र्सवादी दर्शनले संसारभरमा कम्युनिस्टहरूलाई त्यसका लागि उत्प्रेरित गरिरहेको छ ।
आफ्नो उद्देश्य पूरा गर्न कम्युनिस्टहरूले दुस्मन शक्ति र विद्यमान व्यवस्थाका विरुद्ध कडा र लामो सङ्घर्ष गर्नु पर्दछ । तर त्योभन्दा कैयौ“ गुणा महŒवपूर्ण पक्ष स्वयम् कम्युनिस्ट आन्दोलनभित्रको संशोधनवादका विरुद्ध सङ्घर्ष गर्नु हो । अहिलेसम्म विश्व कम्युनिस्ट आन्दोलनको इतिहासले बताउ“दै आएको छ दुस्मनहरूको आक्रमणले भन्दा स्वयम् कम्युनिस्ट आन्दोलनभित्र देखापर्ने विभिन्न प्रकारका संशोधनवाद वा भडकावहरूले पनि कम्युनिस्ट आन्दोलनलाई धेरै नोक्सान पु¥याउने गरेको छ । इन्डोनेसियाको कम्युनिस्ट आन्दोलन दुस्मनहरूको बाह्य आक्रमणले गर्दा समाप्त भएको थियो । तर रुस, चीनसहितका देशहरूमा आन्तरिक रूपमा देखापरेका दक्षिणपन्थी संशोधनवादी अवसरवादका कारणले नै समाजवादी आन्दोलन पतन भएको थियो । संसारका धेरै देशका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको पनि स्वयम् आफूभित्र देखापरेका दक्षिणपन्थी संशोधनवादी सोचाइहरूका कारणले विघटन हुने गरेको छ वा उनीहरू धेरै नै कमजोर हुने गरेका छन् । उग्र ‘वामपन्थी‘ भड्कावहरूका कारणले पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनहरूलाई धेरै नै नोक्सान पुग्ने गरेको छ । त्यसैले माक्र्सवाद–लेनिनवाद, माओत्सेतुङ विचारधाराका संस्थापकहरूले सुरुदेखि नै त्यसप्रकारका विभिन्न अवसरवादी प्रवृत्तिहरूका विरुद्ध लगातार, दृढ र सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आउनुपरेको थियो । त्यसरी अहिले पनि माक्र्सवाद–लेनिनवाद, माओत्सेतुङ विचारधाराको झन्डालाई उ“चा राख्नका लागि त्यसप्रकारको सङ्घर्षमा लगातार जोड दिनुपर्ने आवश्यकता छ ।
कैयौ“पल्ट एकताका नाममा त्यसप्रकारको सङ्घर्षलाई उपेक्षा गर्ने गरिन्छ । तर व्यवहारमा त्यसप्रकारको सम्झौतापरस्त प्रवृत्तिबाट क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई धेरै नै नोक्सान हुने गर्दछ । माक्र्सवाद विज्ञान र कला दुवै हो । क्रान्ति, आन्दोलन, सङ्गठनात्मक प्रणाली, रणनीति, कार्यनीति, कार्यशैली आदिबारे यसका आफ्नै नियमहरू छन् । हामीले तिनीहरूलाई सही प्रकारले प्रयोग गरेपछि नै क्रान्तिकारी आन्दोलनलाई सशक्त प्रकारले अगाडि बढाउन सक्दछौ“ । तर प्रायशः व्यवहारमा ती नियमहरूको अतिक्रमण हुने गर्दछ । त्यसको परिणामस्वरूप कम्युनिस्ट आन्दोलनलाई धेरै नै धक्का पुग्ने गर्दछ ।
आजको विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा छ । एकातिर यसप्रकारको स्थितिको सिर्जना स्वयम् कम्युनिस्ट पार्टीभित्र देखापरेका कमीकमजोरीहरूको परिणाम हो भने अर्कातिर समग्र रूपमा यो क्रान्तिको अस्थायी अवस्था मात्र हो । आज जुन स्थिति उत्पन्न भएको छ त्यसलाई आधार बनाएर दुस्मनहरूले कम्युनिस्ट आन्दोलन सधै“का लागि समाप्त भयो भन्ने दाबी गर्दछन् । तर कम्युनिस्ट आन्दोलनको विकासमा माक्र्सवादी दर्शनको महŒवपूर्ण योगदान रहेको छ । तर त्यसको त्योभन्दा अर्को महŒवपूर्ण पक्ष भौतिक आधार नै हो ।
जुन बेला माक्र्स वा माक्र्सवादको जन्म भएको थिएन त्यो बेला पनि वर्गसङ्घर्षहरू चल्ने गर्दथे । विश्वव्यापी रूपमा तिनीहरूको लामो इतिहास छ । माक्र्सवादको जन्मभन्दा पहिले पनि संसारमा ठूलाठूला क्रान्तिकारी आन्दोलनहरू हुने गरेका थिए । त्यसै गरेर के भन्न सकिन्छ भने अहिले संसारभरमा नै कम्युनिस्ट पार्टी वा कम्युनिस्टहरूको अन्त्य भयो भने पनि कम्युनिस्ट आन्दोलनको अन्त्य हुनेछैन । कम्युनिस्ट आन्दोलन कमजोर भएपछि त्यसको परिणामस्वरूप शोषण, उत्पीडन झन् बढ्दै जानेछ र त्यसका विरुद्ध सङ्घर्ष झन् बढेर जानेछ । त्यसप्रकारको स्थितिले कम्युनिस्ट आन्दोलनलाई पुनः नया“ प्रकारले जन्म दिनेछ र त्यसलाई शक्तिशाली बनाउनेछ । त्यसरी भौतिक परिस्थितिले नै विश्वव्यापी रूपमा पु“जीवादको विनास र समाजवादको विश्वव्यापी विजयका लागि आधार तयार पार्ने छ । उत्पादन शक्तिहरूको जसरी सामाजिकीकरण बढ्दै गइरहेको छ र सामाजिकीकरणको प्रक्रियाले झन्पछि झन् जसरी विकसित रूप दिँदै गइरहेको छ, त्यसको परिणाम समाजवादबाहेक अरू हुन सक्दैन । संसारको विकास तीव्र गतिले त्यही दिशामा हु“दै गइरहेको छ । त्यसैले आज विश्व समाजवादी व्यवस्थाको अन्त्य भएर जुन स्थितिको सिर्जना भएको छ, त्यो अस्थायी कुरा हो र अन्त्यमा समाजवादको भविष्य अत्यन्त उज्ज्वल छ ।
माथि हामीले यो बताउने कोसिस ग¥यौ“, संसारभरि नै कम्युनिस्ट पार्टी र कम्युनिस्टहरूको अन्त्य भएपछि पनि कम्युनिस्ट आन्दोलन समाप्त हुनेछैन र समाजवादको विजय अवश्यम्भावी छ । तर आजको विश्वको स्थिति माथि उल्लेख गरेजस्तो छैन । आज विश्वव्यापी रूपमा नै कम्युनिस्टहरूले आफ्नो आन्दोलन अगाडि बढाइरहेका छन् र संसारका सबै भागहरूमा क्रान्तिकारी आन्दोलन अगाडि बढेको छ । भौतिक परिस्थितिको विकासले पनि त्यो आन्दोलनलाई मद्दत पु¥याइरहेको छ । विश्व समाजवादी व्यवस्था अन्त्य भएर साम्राज्यवाद शक्तिशाली हुनुका साथै एकातिर विश्वव्यापी रूपमा त्यसको शोषण, उत्पीडनहरू बढेर गएका छन् भने अर्कातिर स्वयम् साम्राज्यवादी देशहरूका बीचको अन्तर्विरोध र उनीहरूका विरुद्ध वर्गसङ्घर्ष र क्रान्तिकारी आन्दोलन विश्वव्यापी रूपमा तीव्र बन्दै गइरहेका छन् । उक्त कारणहरूले गर्दाखेरि साम्राज्यवादी व्यवस्था बाहिरबाट जति शक्तिशाली देखिन्छ वास्तवमा आन्तरिक रूपमा त्यो धेरै नै कमजोर ह“ुदै गइरहेको छ । त्यो कुरा विश्व कम्युनिस्ट आन्दोलन शक्तिशाली हुने र अन्त्यमा समाजवाद विश्वव्यापी रूपमा सफल हुने कुराको सङ्केत हो ।
अन्त्यमा हामी के भन्न सक्छौ“ भने विश्व समाजवादी व्यवस्थाको पतन भयो तर त्यसको भविष्य उज्ज्वल छ । त्यो उज्ज्वल समाजवादलाई त्यो उज्ज्वल भविष्यतिर लैजानका लागि माक्र्सले सधैँ हाम्रो पथप्रदर्शन र नेतृत्व गरिरहनेछन् ।
११ पुस, २०७३
