इतिहास
पुष्पलाल माक्र्सवादी विश्वविद्यालय वर्गसङ्घर्षको उपज हो । यो विश्वसमाजमा विकसित अन्तरविरोधहरूको समाधान गर्ने मालेमावादी नवीन औजार हो । माक्र्स–एङ्गेल्स प्रतिपादित सर्वहारा वर्गको साम्यवादी दर्शन र त्यसको प्रयोगका क्रममा विकसित पेरिस कम्युन, रुसी अक्टोबर समाजवादी क्रान्ति, चिनियाँ जनवादी–समाजवादी क्रान्ति, कोरियाली क्रान्ति, भियतनाम, क्युबा, भारत, नेपाल, पेरूका साथै एसिया, युरोप, अफ्रिका, अमेरिकामा भएका सर्वहारा क्रान्तिहरूको शृङ्खलामा यसको अवधारणा विकास भएको हो । नेपालमा नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलाल, प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठ, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, जोदाहा किसान अगुवाहरू शिवलाल–चन्द्रलाल र राणाविरोधी आन्दोलनका क्रममा मुक्ति सेनामा आबद्ध भएर सङ्घर्ष गर्ने योद्धा एवम् कवि हितप्रसाद उपाध्याय र समाज सुधारक जूनमाया सुवेदीको जन्मस्थल रामेछापबाट यो अभियान २०६३ सालदेखि सुरु भएको हो । आरम्भमा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान, रामेछाप साहित्य प्रतिष्ठान र माक्र्सवादी साहित्य प्रतिष्ठानले यो अभियानको अगुवाइ गर्दै आएका थिए । गङ्गालाल श्रेष्ठको जन्मशताब्दी २०७५, कृष्णलाल अधिकारीको बलिदान शताब्दी २०८० र कमरेड पुष्पलालको जन्मशताब्दी २०८१ का का सन्दर्भमा २०८१ सालमा यस विश्वविद्यालयको खाका निर्माण भयो र २०८१ सालभरि पुष्पलाल–गङ्गालाल जन्मस्थल रामेछाप भँगेरी, शिवलाल–चन्द्रलाल–हितप्रसाद जन्मस्थल मन्थली सिर्जनानगर र कृष्णलाल जन्मस्थल मन्थली कठजोरमा बृहत् अन्तरक्रिया, छलफल, गोष्ठी र विमर्शपछि २०८२ साल चैत २४ गते भँगेरी र सिर्जनानगरमा जनविश्वविद्यालयका रूपमा उद्घाटन भई आरम्भिक कक्षा पनि आरम्भ भइसकेको छ ।
सङ्गठन
सञ्चालक/सदस्यता/संस्था/संरक्षक/सल्लाहकार
पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको निर्माण, सञ्चालन र विस्तारका लागि नेपालमा हाल क्रियाशील १९ कम्युनिस्ट-वामपन्थीहरूको साझा सहमति बनेको छ र त्यसको मूर्त खाका निर्माणको चरणमा छ । यसका लागि सञ्चालक समिति, विज्ञ समिति, वैचारिक समूह, पाठ्यक्रम विज्ञ, राजनीतिक–वैचारिक समूह, दर्शन–विज्ञ, संरक्षक, सल्लाहकार समिति र व्यवस्थापन समिति प्रस्ताव गरिएको छ । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयका परिकल्पनाकार अशोक सुवेदी हुनुहुन्छ । हाल https://pushpalalmarxistuniversity.com को सञ्चालन समूह यसप्रकार रहेको छ ।
अशोक सुवेदी– सम्पादक-प्रकाशक
अग्निराज पौडेल “अराप”– ग्राफिक्स डिजाइन
चूडामणि श्रेष्ठ ‘मञ्जिल’– आईटी विज्ञ
ध्रविन्द्र बि क – सम्पादन (आईटी)
तिलक वयक ‘सूर्य’– सम्पादन-व्यवस्थापन
आकाश कार्की– युवा-व्यवस्थापन
सुजाता रोका बिष्ट – मजदुर
सीता गौतम – महिला
ओस्कार सुवेदी – आईटी
