अनुसन्धान केन्द्र

रिसर्च सेन्टर/प्रकाशन/लाइब्रेरी मालेमाको अध्ययन, अनुसन्धान, विकास र प्रयोग यस विश्वविद्यालयको प्रमुख लक्ष्य भएकाले विश्वमा भएका वर्गङ्घर्ष, विकसित अन्तरविरोध र विज्ञानप्रविधि, सूचनासञ्चारको गहन अध्ययन–अनुसन्धान गरिनेछ । नेपालमा भएका आन्दोलन, सङ्घर्ष, जनयुद्ध, जनक्रान्ति, यस विश्वविद्यालयको प्राथमिकतामा रहनेछ । हाल ‘पुष्पलाल माक्र्सवादी विश्वविद्यालय’ ग्रन्थ प्रकाशित छ भने pushpalalmarxistuniversity.com सञ्चालनमा आएको छ । रामेछाप मन्थली सिर्जनानगरमा रहेको हित–जून स्मृति सङ्ग्रहालय नै हाल यस विश्वविद्यालयको सहयोगी पुस्तकालय हो ।