नेपाली कम्युनिस्ट आन्दोलनमा क. पुष्पलालको योगदान

लोककृष्ण भट्टराई

१. विषय प्रवेश
क) मानव सभ्यता
मानव सभ्यताको विकासका बारेमा पूर्वीय र पश्चिमा विद्वान्का व्याख्या फरकफरक भए पनि आखिर निचोड एकै आएको छ । पूर्वीय शास्त्रमा यज्ञवाल्क्यले श्रुतिका रूपमा अगाडि बढाएको र ३००० वर्षअघि व्यासद्वारा लिखित वेद र पश्चिमा चाल्र्स डार्बिन, हेगेल, त्यसअघिका विद्वान्हरूले मानव, जीव, चराचर जगत्, वनस्पतिका बारेमा गरेको व्याख्या झन्डैझन्डै उस्तै छ । मानवका रूपमा जीवको विकास कसरी भयो भन्ने कुरा डार्बिनले एककोषीय जीवको व्याख्यादेखि बहुकोषीय जीवको विकाससम्मका कुरा उल्लेख गरेका छन् । त्यस्तै पूर्वीय शास्त्रमा पनि एककोषीय जीव अमिवा र माछालाई मानिएको छ र त्योदेखि बुद्ध विकसित चेतना भएको मानवसम्मको व्याख्या गरिएको छ । हाल आएर चिनियाँ र रुसी वैज्ञानिकले मानवको विकास केन्द्रीय एसिया (ऋभलतचब िब्कष्ब), दक्षिण एसिया, त्यसमा पनि नेपालको कालीगण्डकी कोरिडर नै मानव विकासको क्षेत्र भएको उल्लेख गरेर पश्चिम र मध्यपूर्वको पुरानो (मानव विकास) मान्यतालाई खण्डन गरेका छन् र हाल आएर अमेरिकी वैज्ञानिक संस्था ल्ब्क्ब् ले पनि मानव सभ्यताको प्रथमतः विकास केन्द्रीय एसिया (ऋभलतचब िब्कष्ब) त्यसमा पनि ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कीमिनिस्तान भएको र त्यहाँबाट जर्जिया हुँदै पश्चिमतिर मानव बस्ती बसाल्दै अगाडि बढ़ेको र १५ हजार वर्षअगाडिको फोसिल्स समेत पत्ता लगाएका छन् । नेपाल पनि मानव सभ्यताको भ्रूणको विकासमा ज्यादै पुरानो छ । तिब्बतसँग जोडिएको समग्र मुस्ताड जिल्ला कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्ड वरपर लाखौँ वर्षअघिको मानव कङ्काल भेटिएको छ । यसले यो क्षेत्र कालीगण्डकीको कोरिडोर दामोदर कुण्डदेखि नवलपरासी वारिपारि मुस्ताड, म्याग्दी, बागलुड, गुल्मी, पाल्पा, पर्वत यी क्षेत्रको नदी वारिपारि हजारौँ वर्षअघि नै मानव सभ्यताको विकास भएको पत्ता लागेको छ । मानिसले आफ्नो विकसित रूप धारण गरेपछि आफ्नो सभ्यता विकास गर्दै लगेको ढुङ्गे युग, फलामको युग र त्यसभन्दा अघि ओढ़ारको युगको इतिहास हेर्दा मानव सभ्यता विश्वमा ज्यादै पुरानों छ ।

मानव पहिला आफ्रिकाबाट आयो अनि मध्यपूर्व हुँदै युरोप र एसियातर्फ आयो भन्ने पुरानो मान्यता खण्डित भएर अफ्रिकी मानवभन्दा बेइजिड मानव पहिलाको भन्ने कुरा हालसालै बेइजिडमा भेटिएको मानव हड्डीको वैज्ञानिक विश्लेषणबाट पत्ता लागेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले नेपालको बुटवल क्षेत्रमा एक करोड़ दस लाख वर्ष पुरानो मानव कङ्काल भेटेर बुटवल मानव दोस्रो पुरानो र अफ्रिकन मानव तेस्रो भन्ने कुरा प्रकाशमा ल्याएको छ । हुन पनि सक्छ माथि उल्लेख गरेका ऋभलतचब िब्कष्ब का तीन स्थान पौराणिक कालदेखि नै चिनियाँ सभ्यताअन्तर्गत थिए । त्यसैले मानव सभ्यताको भ्रूण केन्द्रीय एसिया (ऋभलतचब िब्कष्ब) हुँदै पूर्वी एसिया, बेइजिड, क्यान्टनतर्फ गएको एकथरी र अर्काथरी जर्जिया हुँदै साइबेरिया र साइबेरियाबाट अलास्का हुँदै क्यानाडा, अमेरिका, मेक्सिको र त्याहाँबाट दक्षिण अमेरिकातर्फ मानव बस्ती बढेको भन्न सकिन्छ । नेपाली सभ्यता, दक्षिण एसिया र पूर्वी एसियाको मानव सभ्यता, इतिहास, रणनीति र आर्थिक अवस्थाको गहन अध्ययनको सुरुआत क. पुष्पलालले गर्नुभएको थियो । उहाँले नेपालको ६ लाख वर्ष पुरानो सभ्यता हो, त्यसको गहन अध्ययन गर्नु जरुरी छ भनेर आफ्नो जीवनकालमा लेखन सुरु गर्नुभएको थियो । तर उहाँको ५४ वर्षको उमेरमै मृत्यु भयो जसमा त्यो पूरा हुनै पाएन । उहाँको विभिन्न पुस्तकालयमा बसेर गहन अध्ययन गर्न सुरु गरेका रिपोर्टहरूलाई उहाँको दृष्टिकोणअनुसार म व्याख्या गर्छु भनेर पटना विश्वविद्यालयका इतिहास विधाका प्राध्यापक उपकुलपति डा. राजेन्द्र रामले सुरु गर्नुभएको थियो तर उहाँको पनि देहावसान भयो । त्यसपछि उक्त क. पुष्पलालको रिपोर्टका केही अंश ‘जन आन्दोलनको समीक्षा’ का रूपमा र केही रिपोर्ट ज्ष्कतयचष्अब िक्गचखभथ का रूपमा छापिएको छ । नेपाली समाज, सभ्यता, मानव निर्मित आन्दोलनबारे क. पुष्पलाल भन्नुहुन्छ, ‘अझ भन्ने हो भने बागमती नदीका सिरान काठमाडौँ उपत्यकामा अझ अघि नै मानवले बस्ती बसालिसकेका थिए । काठमाडौँ उपत्यका तलाउका रूपमा रहँदा यसको वरिपरि शिवपुरी क्षेत्र, लप्सेफेदी, गागलफेदी, गोदावरी वन, स्वयम्भुमाथिको पाखामा मानिसको सभ्यता बसिसकेको कुरा इतिहासकार कर्क प्याट्रिकले अनुमान गरेका छन् । चिनियाँ यात्री हुयाङ साङले पनि कास्मिर हुँदै काराङकुरुमको बाटोबाट नेपाल आएका र उनले नेपालको वर्णन गर्दा हालको काभ्रेको पाँचखाल उपत्यका, नुवाकोटको विदुर आसपासका डाँडा, उपत्यकाको पाखा र धादिङको केवलपुरमा बस्ती भएको र त्यस बेलाको समाज मातृसत्तात्मक थियो ।’ पुष्पलाल ः नेपालमा मातृसत्तात्मक, समाज – १३ ।

ख) पुष्पलाल जन्मशताब्दी प्रसङ्ग
सहिद गङ्गालालका माहिला भाइ, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका सिद्धान्तकार, नेपाल र दक्षिण एसियाको इतिहासको भौतिकवादी व्याख्याकार, नेपालको निरङ्कुशता अन्त्यका लागि संयुक्त जनआन्दोलनको सिद्धान्त प्रतिपादन गर्ने मूर्धन्य राजनीतिज्ञ तथा दर्शनका ज्ञाता क. पुष्पलालको जन्म रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. ८ भँगेरीमा भएको थियो । पुष्पलालका पिता भक्तलाल र माता तुलसीमाया हुनुहुन्थ्यो । यसअघि रामेछापमै पुष्पलालका ज्येष्ठ भ्राता गङ्गालालको जन्म भएको थियो । पुष्पलालको बाल्यकाल बुबाको जागिरको सिलसिलामा ओखलढुङ्गा र सिन्धुपाल्चोकमा बसेर बितेको थियो ।

सन् १९१७ मा भएको लेनिनको नेतृत्वको रुसको अक्टुबर क्रान्तिले विश्वमा सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, एकाधिकार पुँजीवाद, उपनिवेशवाद जो प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै थिए, को विरोधमा चेतनाको लहर ल्याएको थियो । नेपालमा राणा शासनविरुद्ध लखन थापाले सुरु गरेको एकल विद्रोह, योगमायाको सामूहिक समाधिको विद्रोह, सुब्बा कृष्णलाल अधिकारीको मकै पर्व एक प्रकारको तानाशाही शासनविरुद्धको व्यङ्ग्यात्मक विद्रोहले निरङ्कुश तानाशाही शासनको जग हल्लन लागेको थियो । झन् खड्गमान सिंहले प्रचण्ड गोरखा नामक दल स्थापना गरेपछि खड्गमान सिंह पक्राउ परे र राणा प्र.म. अगाडि बयान दिँदा उनले गरेको हुँकारले प्रगतिशील विचारसहितको विद्रोह सुरु भएको भन्न सकिन्छ । खड्गमान सिंहले नेल, सिक्री, हत्कडीसहित राणा प्र.म. लाई भने, ‘प्रधानमन्त्रीज्यू, लेनिनको नेतृत्वमा रुसमा जार शासन ढल्यो । अब त्यो झिल्को यहाँ पनि सुरुआत भयो, दिन गन्ती गर्नुस् ।’ पुष्पलाल ः नोट्स अन कम्युनिस्ट मुभमेन्ट इन नेपाल ।

यसरी खड्गमानले हुँकार गर्दा राणा प्र.म. ले बुट बजारेर ५० कोर्रा खड्गमानलाई हिर्काउन लगाएका थिए र उनलाई भद्रबन्दी गृहमा कठोर काराबासको सजाय दिएका थिए । यसैगरी वि.सं. १९९३ मा टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, चूडाप्रसाद शर्मा, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गणेशमान सिंह, गङ्गालाल श्रेष्ठसहित भएर दोस्रो दल प्रजा परिषद्को स्थापना र त्यसले छरेको देशव्यापी पर्चाकाण्डले नेपाली युवामा निरङ्कुश राणाविरुद्ध जबरदस्त प्रभाव पा¥यो । वि.सं. १९९७ मा क्रूर राणा शासनले शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल, धर्मभक्त माथेमालाई फाँसी दियो । शुक्रराजलाई टेकुमा झुन्ड्याइयो भने धर्मभक्तलाई सिफलमा भुन्ड्याइयो । दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा लगेर गोली हानी मारियो । गङ्गालाललाई मार्ने बेलामा उनले भाइ पुष्पलाललाई ‘लोकतन्त्रको दियो बालेर सामन्तवादको अन्त्य गर्दै लोकतन्त्र स्थापना गर्न लागिपर्नू’ भनेको र पुष्पलालले ‘नेपाली माटोबाट सबै प्रकारका निरङ्कुश शासनव्यवस्था अन्त्य गरेर जनवादी गणतन्त्र स्थापना गर्ने कसम खाएका थिए’ भनिएको छ । हृदयचन्द्र सिंह प्रधान ः गङ्गालालको चिता ।

निरङ्कुश राणातन्त्र र शाहतन्त्र फ्याँक्न प्रजा परिषद् र नेपाली राष्ट्रिय काङ्ग्रेस स्थापना भए । पुष्पलाल नेपाली राष्ट्रिय काङ्ग्रेसमा सङ्गठित हुनुभयो र केन्द्रीय कार्यालय सचिव हुनुभयो । राणा फाल्न एकत्रित आन्दोलन सिर्जना गर्नुको साटो बी.पी. कोइराला र डा. डिल्लीरमण रेग्मीको गुटगत झगडाले सङ्गठन बढ्न सकेन र पुष्पलालले दुवै नेतालाई मिलाउन प्रयास गर्नुभयो । सो सफल भएन । त्यसपछि उहाँ दार्जिलिडका रत्नलाल बाह्मण र त्रिपुराका नृपेन्द्र चक्रवर्तीको प्रेरणाले माक्र्सवादतर्फ आकर्षित हुनुभयो । माक्र्स र एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्र नेपाली भाषामा उल्था गर्नुभयो र नेपालमा कम्युनिस्ट पार्टी स्थापना गरेर कम्युनिस्ट आन्दोलनको सूत्रपात गर्नुभयो जस अनुसार २२ अप्रिल १९४९ मा कम्युनिस्ट पार्टीको पहिलो पर्चा निकाल्नुभयो । ५ सदस्यीय केन्द्रीय सङ्गठन समिति बनाउनुभयो र सोही साल १५ सेप्टेम्बर १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गर्नुभयो ।

यसपछि मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, केशरजङ्ग रायमाझी, तुलसीलाल अमात्य, हिक्मतसिंह भण्डारी, डी.पी. अधिकारी, शैलेन्द्रप्रसाद उपाध्यायजस्ता तत्कालीन युवाहरू कम्युनिस्ट आन्दोलनप्रति आकर्षित भए । मृत्युपर्यन्त उहाँले नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने लडाइँमा हमेसा परिस्थितिअनुसारको रणनीति र कार्यनीति अपनाउनुभयो । क. पुष्पलालले लिएको कार्यनीतिअनुसार नै नेपालमा राणातन्त्र र राजतन्त्रको उच्छेद गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यस्ता महिषीको जन्मशताब्दी मनाउनु नेपाली जनताको कर्तव्य नै हो ।

ग) उद्देश्य
क. पुष्पलाल आफैँमा इतिहास भएकोले पुष्पलाल अध्ययन समाजले नेपालका सबै कम्युनिस्ट पार्टीलाई समेटेर पुष्पलाल जन्म शताब्दी समारोह समिति बनाएर विभिन्न विधामा देशका ७ वटै प्रदेश र केन्द्र गरेर ११ वटा कार्यपत्र पेस गर्ने र त्यसको टिप्पणीसहित छाप्ने, नेपालमा सबै वाम पार्टीका नेताहरूको पुष्पलालप्रतिको दृष्टिकोणसमेत छाप्ने उद्देश्य राखेर कार्यक्रम सञ्चालन गरिँदै आएको छ । यो बागमती प्रदेशमा नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको सिद्धान्त, रणनीति र कार्यनीतिका बारेमा क. पुष्पलालले लिएका अडान र उहाँले निर्माण गर्नुभएका उल्लिखित विधामा चर्चा गरिनेछ । हाम्रो समाज वा विश्वसमाजमा विकास र परिवर्तनका निम्ति बेलाबेलामा सानाठूला चेतना परिनिर्माण र त्यो चेतनाबाट सानाठूला आन्दोलन भएका छन् ।

घ) चेतना र आन्दोलन के हो ?
मानव मस्तिष्कमा प्रकृतिमा भएका सबै भौतिक वस्तुले चेतना निर्माण गर्ने हो । पूर्व र पश्चिममा बेग्लाबेग्लै किसिमबाट चेतना निर्माण भएका छन् । खासगरी अक्षरको आविष्कार हुनुअघि श्रुतिबाट नै मानिसले मानवशास्त्रका बारेमा ज्ञान भर्दै आयो । पूर्वमा पनि यज्ञवाल्क्यदेखि व्याससम्म र त्यसअघि गार्गी र भृगुले गणित र विज्ञानको रूप पदस्थापन गरेको कुरा पूर्वीय शास्त्रमा उल्लेख छ । खासगरी गार्गी र भृगुले अङ्कगणित पश्चिममा भन्दा पूर्वमा पहिला आविष्कार गरेका भनेर स्वयम् प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले स्वीकारेका छन् । त्यसै मेसोमा भौतिकवाद र प्रकृतिलाई पूर्वका विद्वान्ले भन्दा पश्चिनका विद्वान्ले पहिला ज्ञान गरे र त्यहाँ वाष्प इन्जिनको आविष्कार भयो, औद्योगिक क्रान्ति भयो । जनताका अधिकारबारे चेतना निर्माण भयो । प्रकृतिलाई उपयोग गर्नेबारे लडाइँ जारी रह्यो । खासगरी खेतीको युग सुरु भएपछि प्रकृति र धनलाई केही टाठाबाठाहरूले कब्जा गरे । खान पाउने र नपाउनेको अवस्था सिर्जना भयो । जमिन र धन कब्जा गर्ने होड चल्यो । त्यसका विरुद्ध आन्दोलन पनि हुँदै गए । त्यसपछि सामन्ती चेतनालाई नष्ट गरेर वैज्ञानिक चेतना निर्माण गर्न सुरु ग¥यो । चाल्स डार्विन, हेगेल, बाकुनिनजस्ता विद्वान्ले समानताको आन्दोलन सिर्जना गर्ने अभियान सञ्चालन गरे । हुनत पूर्वमा पनि शिव गीताले प्रकृति र चराचर जगत्, पानी, जमिन, जङ्गल सबैको बराबरी हो र यहाँसम्म कि जीवमा मानिस मात्र नभएर जनावर र वनस्पतिको बाँच्न पाउने अधिकार काट्न पाइन्न भनेको छ । त्यो कुरा ऋग्वेदमा पनि छ । अथर्ववेद र यजुर्वेदले पनि शोषणलाई स्वीकार गरेको छैन । यति हुँदाहुँदै पनि छिटो चेतना निर्माणमा पूर्व पछाडि परेको हो । पश्चिममा पनि खासगरी सेन्ट साइमन, प्रुधोँ, डेभिड रिकार्डो, हेगेल, बाकुनिन, त्यसमा आडम स्मिथ, त्यसपछि पनि माक्र्स र एङ्गेल्सको समाजको विहंगम अध्ययनले विश्वमा समानताको आन्दोलनमा उथलपुथल ल्यायो ।

ङ) नेपालमा आन्दोलनको सूत्रपात

१) निरङ्कुशतालाई परास्त गर्न एकल प्रयास, बहुआयामिक प्रयास हुँदै आएका छन् । माथि उल्लेख गरिसकिएको छ– लखन थापा, सुब्बा कृष्णलाल अधिकारीका एकल प्रयास हुन् । योगमायाको स्वतस्फूर्त बहुल प्रयास हो । प्रचण्ड गोरखा, प्रजापरिषद्, नेपाली राष्ट्रिय काङ्ग्रेस, प्रजातान्त्रिक महासभा, संयुक्त प्रजातान्त्रिक पार्टी, नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीका विभिन्न समूहका सामूहिक र योजनाबद्ध प्रयास हुन् । यी सबै आन्दोलनका सूत्रपात हुन् ।

२) नेपाल कम्युनिस्ट पार्टीले गरेका आन्दोलनहरू र यसले निर्माण गरेको सिद्धान्त, रणनीति र कार्यनीति निर्माणमा क. पुष्पलालका योगदान
क) सिद्धान्त निर्माण

२००६ सालमा माक्र्सवाद, लेनिनवाद र माओ विचारलाई सिद्धान्त बनाएर क. पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो र त्यहाँबाट नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको सूत्रपात भयो ।

माक्र्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मानियो । नेपालबाट सामन्तवाद, साम्राज्यवाद, एकाधिकार पुँजीवादको अन्त्य गरेर नयाँ जनवादी गणतन्त्र स्थापना गर्दै समाजवाद तथा साम्यवादको बाटोमा जाने सिद्धान्त तय भयो । नेपालको परिप्रेक्ष्यमा नयाँ सिद्धान्त निर्माण गर्ने उद्देश्यले ने.क.पा. को घोषणापत्रमा क. पुष्पलालले यसरी उल्लेख गर्नुभएको छ ः

‘पहाड पर्वत खोला नाला
जग्गा जमिन सबको ।
मालिक हामी दास बनौँ किन
हिस्सा सबमा सबको ।’

माथिका कवितात्मक हरफ उल्लेख गर्दै क. पुष्पलाल लेख्नुहुन्छ ः ‘बितेका ४ दशकभित्र दुईटा ठूलठूला विश्वयुद्धहरू भए । पहिलो विश्वयुद्धको नतिजास्वरूप संसारको ६ खण्डको १ खण्डको जमिन पुँजीवादी घेराबाट अलग भयो र त्यहाँ समाजवादी सोभियत सङ्घ खडा भयो । विश्वक्रान्तिको यो बलियो किल्ला बन्न पुग्यो । सोभियत सङ्घमा वैज्ञानिक समाजवादका सबै सिद्धान्तहरू महान् ऐतिहासिक सत्यतामा परिणत भए । सामन्तवादी र पुँजीवादी दासत्वका विरुद्ध विद्रोह मच्चाउनका निम्ति सबै देशका शोषित तथा श्रमजीवी जनतालाई त्यो ऐतिहासिक क्रान्तिले ठूलो भरोसा दियो । पुष्पलाल ः ने.क.पा. को घोषणापत्र ः क.पुष्पलाल स्मृति अङ्क ।

सिद्धान्तको सवालमा उक्त घोषणापत्रले बालिग मताधिकारका आधारमा निर्वाचनमा पैसा खर्च गर्न नपाइने कानुन बनाएर समानुपातिक प्रकारको निर्वाचन गरउने र न्यायपालिकामा पनि नियुक्ति नगरेर न्यायाधीशको निर्वाचन गर्ने पूर्ण स्वतन्त्रताको कल्पना गरेकाले माक्र्सवाद लेनिनवादमा थप प्रजातान्त्रिक अधिकार दिने सिद्धान्त निर्माण गर्ने लक्ष्य क. पुष्पलालले लिनुभएको पाइयों । नेपालमा राज्यव्यवस्था कस्तो अपनाउने भन्ने कुरा २००८ सालमा कलकत्तामा भएको पहिलो सम्मेलनले ‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ नामक राजनीतिक प्रतिवेदन पेस गर्नुभयो । उक्त प्रतिवेदनमा पूरा पूर्ण प्रजातन्त्रको कल्पना गरिएको छ । स्थानीय निकायको स्वयत्तता, स्थानीय सरकारका कर्मचारीको चुनाव र न्यायपालिकाको पनि चुनावको कल्पना गरिएको छ । सोभियत सङ्घ र चीनमा बहुदलीय सहयोगात्मक शासन व्यवस्था अपनाउने सिद्धान्त भएकोमा क. पुष्पलालले सामन्तवाद साम्राज्यवादविरोधी समाजवादी अर्थव्यवस्था अपनाउने दलहरूका बीचमा स्वच्छ प्रतिस्पर्धाको कुरा नै उक्त पहिलो सम्मेलनको राजनीतिक रिपोर्टमा उल्लेख छ । पुष्पलाल ः नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो ।

ख) राष्ट्रिय चेतनाको विकासमा योगदान
कम्युनिस्ट पार्टी गठन र माक्र्सवाद लेलिनवादलाई नेपाली माटोमा बीजरोपण गरेपछि राष्ट्रिय चेतनाले भरिपूर्ण आन्दोलनको विकास नगरी समाजवादी तथा जनवादी आन्दोलनको विकास तथा सफलताको इतिहास विश्वमा नै छैन । लेनिनले रुसी राष्ट्रियतालाई नसमाएको भए रुसमा कम्युनिस्ट पार्टीले सफल क्रान्ति सम्पन्न गर्न सक्ने थिएन । चीनमा पनि माओ+चाओले ८ वटा साम्राज्यवादी देशको हमलाविरुद्ध चिनी राष्ट्रियतालाई उजागर नगरेको भए चीनमा यति ठूलो जनसमर्थन चिनियाँ कम्युनिस्ट पार्टीले पाएर चीनमा जनवादी क्रान्ति सम्पन्न हुन सक्ने थिएन । भियतनाम, कोरिया, क्युबा यी सबै राष्ट्रिय चेतना विकासकै उपज हुन् । त्यसैले नेपालमा पनि सामन्तवाद र निरङ्कुशतावरुद्ध उठेको २००७ सालको विशाल जनचेतनालाई कलिलैमा निमोठ्न भारतीय एकाधिकार पुँजीवाद सफल रह्यो । त्यसले २००७ सालको क्रान्तिको नेतृत्व नेहरूको कोपभाजनमा परेर सामन्तवाद र भारतीय एकाधिकार पुँजीवादसँग झुक्यों । समग्र क्रान्तिका लागि उठेको आगोलाई निभाउन आफ्नो राष्ट्रियताको चेतनालाई दबाउन तत्कालीन नेतृत्व लाग्यो । यसको विरोधमा क.पुष्पलाल र नेपाल कम्युनिस्ट पार्टीले समग्र क्रान्तिका लागि उठेको जनचेतना वा अन्दोलनको घाँटी निमोठ्न नेहरूको पहलमा भएको क्रािन्तविरोधी हथकण्डाको कड़ा विरोध गर्नुभयो । दिल्ली सम्झौता धोका हो भन्नुभयो । यसरी आन्दोलनलाई तुहाउन तत्कालीन नेतृत्वको भारतीय एकाधिकार पुँजीवादका अगाडि घुँडा टेक्ने नीतिको उहाँले सशक्त विरोध गर्नुभयो । दिल्ली समझौता धोका हो भनेर व्यापक जनमानसमा राष्ट्रियताको चेतना निर्माणमा लागिपर्नुभयो । त्यसबेला ने.क.पा.ले निर्माण गरेको राष्ट्रिय चेतनाले आजसम्म भारतीय एकाधिकार पुँजीवाद र हैकमवाद विरुद्ध नेपालमा जबरजस्त चेतना निर्माण भएर नेपाल राष्ट्र जोगिएको छ ः यो क. पुष्पलालको देन हो । हाल नेपालका कम्युनिस्ट पार्टीहरू यसमा चुक्न लागेका छन् । यसलाई सच्याउन हामीले व्यापक जनचेतना निर्माण गर्नु जरुरी छ ।

ग) नेपाली कम्युनिस्ट आन्दोलनमा रणनीति र कार्यनीतिको प्रश्न
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएपछि क. पुष्पलालको जीवन छउन्जेल नेपाल कम्युनिस्ट पार्टीभित्र रणनीति र कार्यनीतिका सम्बन्धमा धेरै अवधारणाहरू आए तर आफ्ना सिद्धान्तमा अडिगचाहिँ अरू नेताभन्दा क. पुष्पलाल नै नेपाली समाज र भौतिक परिस्थितिको रौँचिरा विश्लेषण गर्न सफल भएको पाइन्छ । क. पुष्पलालले २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना कालको पर्चा, घोषणपत्र वा २००८ सालको पहिलो सम्मेलनको राजनीतिक रिपोर्ट, २०१० सालको पहिलो महाधिवेशनमा पेस गर्नुभएको सङ्गठनात्मक तथा आर्थिक कार्यक्रम वा २०१२ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा पेस गर्नुभएको कार्यपत्र, दोस्रो महाधिवेशनमा पेस गर्नुभएको संविधानसभाको निर्वाचनको प्रस्ताव वा २०१७ सालमा राजा महेन्द्रले संविधान निलम्बन गरेपछि २०१८ सालमा सबै दलहरूलाई साझा सवालमा प्रजातन्त्र स्थापना गर्न भएको संयुक्त जनआन्दोलनको आह्वान होस् वा दरभङ्गा प्लेनममा उही संसद् फिर्ता गर भन्ने नारा वा तेस्रो महाधिवेशनमा पेस गरेको नयाँ जनवादी क्रान्तिको अवधारणा (पुनः अल्पमतमा प¥यो) त्यसपछि कम्युनिस्ट पार्टी निष्क्रय भएपछि पुनः आन्दोलनको उभार ल्याउन गरिएको तेस्रो ऐतिहासिक सम्मेलनको नयाँ जनवादी व्यवस्थाको रणनीति, संयुक्त जनआन्दोलन (सबै दलहरू र जÞनवर्गीय सङ्गठन) जस्ता कार्यनीति उहाँले लिनुभयो । ती सबै ०२८ सालको संयुक्त विद्यार्थी आन्दोलन, ०३२÷३३ को संयुक्त विद्यार्थी आन्दोलन ०३५÷०३६ को जनआन्दोलन, २०४६ सालको पहिलो जनआन्दोलन र ०६२÷०६३ को जनआन्दोलनबाट लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आउँदा नेपालमा बी.पी. कोइराला र प्रचण्डजीहरूले लिएको सशस्त्र आन्दोलनबाट भएर हमेसा विशाल तथा बृहत् जनआन्दोलन सृष्टि गने लाइनबाट मात्र लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई ल्याइपु¥याउन हामी सफल भयौँ । यद्यपि ०५२ पछिको माओवादी विद्रोहले गाउँमा भएको सामन्तवादी मुखियाको शोषणलाई कम गरेकै हो जब कि बी.पी. र सुवर्णको हान र भागको आन्दोलन वा प्रचण्डले सुरु गरेको सशस्त्र आन्दोलनले सत्ता पल्टाउन नसकेकै हो । बरु पुष्पलालले लिएको सशक्त जनआन्दोलन र सहरी विद्रोहको कार्यनीतिबाट नेपालमा वैधानिक रूपमा राजतन्त्र उखेलियो । समाजवादोन्मुख गणतान्त्रिक संविधान जारी भएको छ । अब यहाँ द्विविधा छ– एकथरी साथीहरू नयाँ जनवादी क्रान्ति भइसक्यो भन्छन् जो बिल्कुल गलत छ । राजतन्त्रको श्रीपेच उखेलिए पनि उसको आर्थिक आधार, सामन्ती सोचसहितको साम्राज्यवाद र एकाधिकार पुँजीवादपरस्त राज्यको स्वरूप (प्रशासन, पुलिस, सेना र अदालत) कायम छ । यो कायम भएसम्म आर्थिक संरचनाको दलाल पुँजीवादलाई नफेरेसम्म नयाँ जनवादी क्रान्ति भएको मान्न सकिन्न । विदेशी एकाधिकार पुँजीवाद र दलाल पुँजीवादले दलहरू र यसका नेता–कार्यकर्ताको चरित्रलाई जानेर वा नजानेर कब्जा गरिसकेपछि यो नयाँ जनवादी क्रान्ति भएको मान्न सकिन्न । मात्र नेपालमा भारत र पाकिस्तानमा जस्तो गणतन्त्र आएको छ ।

यसरी नेपाली कम्युनिस्ट आन्दोलनको रणनीति निर्माण, कार्यानीति तय, कार्यक्रम यी सब कुरामा पुष्पलालको विश्लेषण नै सही हुँदै आएको छ । उही संसद् फिर्ता गर भन्ने २०१७ सालको पुष्पलालको वैधानिक नाराबाट ०६२÷०६३ को आन्दोलन भयो, संसद् पुनस्र्थापना भयो र त्यही संसद्ले राजतन्त्रलाई निलम्बन गरेर पहिलो जनताको छोरालाई राष्ट्राध्यक्षको अधिकार दियो जसलाई संसारले मान्यता दियो ।

३) कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनबारे पुष्पलालका विचार
पुष्लालले नेपाली कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रक आन्दोलनसँग जोडेर लानुपर्ने कुरामा हमेसा जोड दिनुभयो । चाहे घोषणापत्र निर्माण गर्दा होस् वा पहिलो सम्मेलन, तेस्रो सम्मेलन वा चतुर्थ सम्मेलन सबैमा कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन परिपूरक भएको व्याख्या गर्नुभयो । सोही व्याख्याअनुसार बाटो बिराएका सबैखाले कम्युनिस्ट समूह र लोकतान्त्रिक समूहलाई पुष्पलालको मृत्युपछि पनि हामी उहाँका अनुयायीले एक ठाउँमा ल्याउन सफल भयौँ र निरङ्कुशतालाई पराजित गरेर लोकतान्त्रिक गणतन्त्रसम्म स्थापना गर्न सफल भएका छौँ ।
क. पुष्पलालले सिद्धान्त, रणनीति र कार्यनीति निर्माणमा बढी समय दिनुभयो । कम्युनिस्ट एकताको पनि प्रयास गर्नुभएको हो । जेलबाट छुटेका आफ्ना साथीहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, मोहनविक्रम सिंह, निर्मल लामालाई तेस्रो सम्मेलनले चुनेको केन्द्रीय समितिमा बस्न अपिल गर्नुभएकै हो । उहाँहरू बस्नुभएन, अर्को पार्टी गठन गर्नुभयो तर पुष्पलालको मृत्युपछि उहाँले प्रतिपादन गर्नुभएको रणनीति कार्यनीतिमा सबै कम्युनिस्ट समूह एकमत हुनुभयो । यसले संयुक्त वाममोर्चा, संयुक्त राष्ट्रिय जनआन्दोलन समिति बने र नेपाली काङ्ग्रेस, प्रजापरिषद्लगायत लोकतान्त्रिक दलहरूसँग सहकार्य भएर ०४६ सालको पहिलो जनआन्दोलन, ०६२÷०६३ को दोस्रो जनआन्दोलन सफल भएका हुन् । कम्युनिस्टहरू फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने भनाइलाई खण्डित गर्दै पुष्पलालले नेतृत्व गरेको समूह, मनमोहनले नेतृत्व गरेको समूह मिलेर ०४३ सालमा नेपाल कम्युनिस्ट पार्टी बन्यो । ०४६ सालको जनआन्दोलपछि माले÷माक्र्सवादी मिलेर एमाले बन्यो । उता संयुक्त राष्ट्रिय जनआन्दोलनका घटक मिलेर एकताकेन्द्र बन्यो ।

अझ भन्ने हो भने ०६२÷०६३ पछि ने.क.पा. एमाले र तत्कालीन माओवादीलाई मिलाउन हामीले नै प्रस्ताव गरेका थियौँ । केही इगोइस्ट नेताहरूको गलत कामकार्बाहीबाट फुट भयो । त्योभन्दा अघि माओवादीमा फुट र एकता पनि हुँदै आएको छ । हालै एमाले÷माओवादी केन्द्र, एकीकृत समाजवादी÷मसालको सहकार्य, विप्लवसमेतको मोर्चा र धर्मेन्द्र–वैद्य मिलेर बनेको क्रान्तिकारी क.पा. पनि जुटका उदाहरण हुन् । नेपाली कम्युनिस्ट आन्दोलनमा रणनीतिका सम्बन्धमा पुष्पलाल र केशरजङ्गबिचको विवाद र फुट औचित्यपूर्ण थियो किनकि पुष्पलालले सके नयाँ जनवादी गणतन्त्र नभए लोकतान्त्रिक गणतन्त्रसम्म जाने भनाइ राख्नुभएको थियो भने केशरजङ्गको संवैधानिक राजतन्त्र मात्र । अरू फुट नेताको घमण्ड (इगो) र मध्यम वर्गीय महŒवाकाङ्क्षा, दरबार र विदेशीको लहैलहैमा लागेर भएको अनुमान गर्न सकिन्छ । कतिपय सवालमा उग्रवादी दृष्टिकोण, दक्षिणपन्थी दृष्टिकोण र सही भौतिक परिस्थिति विश्लेषण गर्ने दृष्टिकोणमा फरकपन आएर पनि फुट भएको छ । पछि ती फुटेका उग्रवाद तथा उग्र दक्षिणपन्थी दृष्टिकोण बोकेका समूहहरू पनि पुष्पलालको सही दृष्टिकोणमा आए । त्यसरी आएकाले नै ०३५÷०३६, ०४६ र ०६२÷०६३ को आन्दोलन सफलतातर्फ उन्मुख भएको हो ।

क. पुष्पलालले कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक आन्दोलनसँगै लानुपर्ने कुरामा जोड दिँदै आउनुभयो । चाहे ने.क.पा. को घोषणापत्र होस् मूलबाटो वा नयाँ जनवादी कार्यक्रम वा चौथो सम्मेलनको रिपोर्ट वा यसअघि प्रवासमा भएको बुद्धिजीवीहरूको सम्मेलनमा दिएको भाषण होस्, सबैमा जनताको लोकतान्त्रिक हकअधिकारको पूर्ण ग्यारेन्टीको वकालत गर्नुभएको छ । यी सबै हामीले माथि भन्यौँ । मात्र नेपाली काङ्ग्रेसले राष्ट्रिय पुँजीको पनि जगेर्ना गर्न नसकेकाले नै क.पा.ले नै जनताका राजनीतिक हकअधिकारका अतिरिक्त आर्थिक, सांस्कृतिक, शैक्षिक अधिकारसहितको लोकतन्त्रको कल्पना ने.क.पा.ले गरेको हो । त्यसअनुसार ०४६ पछि र ०६२÷०६३ पछि कम्युनिस्ट पार्टीहरूले साम्राज्यवाद, एकाधिकार पुँजीवादलाई पछ्याउने राज्ययन्त्र परिवर्तन नगरेर त्यसैमा रुमल्लिए जुन ने.क.पा.को नीति, सिद्धान्त क. पुष्पलाललगायत असङ्ख्य सङ्घर्षशील नेता–कार्यकर्ताहरू शान्तिपूर्ण र सशस्त्र आन्दोलनको गौरवगाथामा लागेका तमाम जनताहरू र महान् सहिदहरूको सपनालाई छोडेर दलाल पुँजीवादको चास्नीमा लागेको आजको अवस्था हो । नेपाली जनताले २००७ सालदेखि ०६२÷०६३ सालसम्मका सबै प्रकारका जनआन्दोलन र सङ्घर्ष (जो सशस्त्र, निःशस्त्र) लोकतान्त्रिक अधिकारसहितको समाजवाद ल्याउने उद्देश्यका थिए । त्यहीअनुसार सामन्तवादलाई नेपाली जनताले कमजोर पारे तर हाल आएर साम्राज्यवाद र पुँजीवादले नेपाली समाज वा राष्ट्रलाई नराम्रोसँग गाँजेको छ ।

३. भविष्यको कार्यभार
नेपाली जनताले आफ्ना प्रतिनिधि भनेका दलहरूलाई हरेक आन्दोलनमा ज्यानको बाजी लगाएर साथ दिएका छन् तर आन्दोलनपछि आएको नेतृत्व जहिले पनि यथास्थितिवादमा रुमल्लिइरहेको छ । चाहे २००७ साल होस्, ०४६ साल वा ०६२÷०६३ पछिको सबैखाले कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको नेतृत्व, पूरा निरङ्कुश व्यवस्थाले लिएको अर्थनीतिमै, त्यही सांस्कृतिक, सामाजिक तथा शैक्षिक नीतिमै रुमल्लिइरहेको छ । ०४६ सालपछि कुनै सुधारका काम भएनन् र कम्युनिस्ट पार्टीको एउटा समूह सशस्त्र आन्दोलनमा गयो । त्यसपछि पुनः सामन्तवादको नाइके राजाले टाउको उठाए । त्यसलाई फाल्न ०६२÷०६३ मा दोस्रो सशक्त नयाँ संयुक्त जनआन्दोलन भएको हो । त्यसपछि संविधानसभाको निर्वाचन २ पटक भयो । दोस्रो संविधानसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनायो जुन संविधानले मौलिक अधिकारमै नेपाली जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारसहितको सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक अधिकारको ग्यारेन्टी गरेको छ । यसलाई कार्य रूपमा ल्याउन आजका कम्युनिस्ट पार्टीका सानाठूला सबै समूहले सक्नु पर्दछ । त्यसका लागि कस्तो रणनीति र कार्यनीति अपनाउनु पर्दछ, यसबारेमा गहन छलफल र विचार गर्नुपर्ने हुन्छ । कम्युनिस्ट पार्टी एक दलीय हुन्छ भन्ने कुरा रुस र चीनको परिपाटी हेरेर भन्ने गरिएको छ । त्यहाँ पनि बहुदलीय सहयोगात्मक व्यवस्था हो । नेपालमा क. पुष्पलालले कम्युनिस्ट पार्टीले बुर्जुवासँग प्रतिस्पर्धाबाट भाग्ने कुरा गर्नुभएको छैन । अपितु बुर्जुवा शासन प्रणालीभन्दा बढी राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक अधिकार जनतालाई दिने कुरा नै गर्नुभएको छ । यिनै साहित्य पढेर मदन भण्डारी र केही साथीहरूले बहुदलीय व्यवस्था वेस्ट मिनिस्टर मोडेलको कुरा गर्नुभयो । त्यसमा पनि नेपालको बहुल जाति, बहुल भाषी भएको समाजमा राजनीतिक अधिकार दिए पनि वेस्ट मिनिस्टर मोडेल (बेलायती) प्रणाली सफल भएन । त्यसैले नेपाली समाजलाई अझ बढी उन्नत, अझ बढी समानतामूलक बनाउन बचेखुचेका सामन्तवादी आर्थिक प्रणाली, सांस्कृतिक प्रणालीलाई परिवर्तन गर्न साम्राज्यवाद, एकाधिकार पुँजीवाद, विस्तारवाद वा सबै प्रकारका आर्थिक, उपनिवेशको अन्त्य गरेर राष्ट्रिय पुँजीको विकास गरी आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, समानतासहितको उन्नत समाजवादी समाज बनाउन परेको छ । त्यसका लागि हाम्रो निम्न कार्यभार हुनु पर्दछ ः

क) शासन प्रणालीमा सुधार
२०७२ सालमा हतारमा साम्राज्यवाद, एकाधिकार पुँजीवादको दबाब झेल्दै सार्वभौम नेपालको संविधान जारी भयो । त्यसबेला केही नेताहरूको इगोले मधेसका नेताहरूमँग सल्लाह मसविरा गरिएको भए झन् राम्रो हुने थियो । तर एकाधिकार पुँजीवाद, विस्तारवादको दबाबलाई नटेरी संविधान जारी भएको राष्ट्रियताको हैसियतले राम्रै भयो । तर संविधान जारी भएपछि सङ्घीय समाजवादोन्मुख लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन गर्न वाम दलहरूको एकमना एकता बेगर सकिन्न । यसअघि सम्पत्ति जति पनि राख्न सक्ने संविधानमा उल्लेख गरेकाले समाजवादतिर जान राज्यसंयन्त्रले दिने कुरा भएन । यदि नेपाली काङ्ग्रेस युरोपियन समाजवादी दलजस्तो हुन्थ्यो भने संविधान बन्दै सम्पत्तिको सिलिड तोकिएर संविधान बन्ने थियो । सत्तामा पुगेपछि ०४८ सालदेखि नै नेपाली काङ्ग्रेसले आफ्नो घोषित २००६ सालको घोषणापत्र र ०१२ सालको आर्थिक समानता र सम्पत्तिको सिलिड तोक्ने अर्को घोषणाबमोजिम कार्य गर्ने थियो । सो नगरी नेपाली काङ्ग्रेसले ०४८ पछि सम्पूर्ण राज्ययन्त्रका सम्पत्तिसमेत निजीकरण गरेर आफूलाई दलाल पुँजीवादको घेरामा दौडायो । त्यसैले शासकीय सुधार कार्यमा सम्पत्तिको सिलिङ तोक्न र अन्य सुधारात्मक सुधारहरू गर्न संविधान संशोधन अनिवार्य छ । त्यसका लागि दुई तिहाइ मत आवश्यक पर्दछ । संविधान संशोधन गरेर आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक समानता सिर्जना गर्ने दुई तरिका मात्र छन् ः

क) सबै सानाठूला वाम दल एक भएर मोर्चा बनाई संसद्मा चुनाव लड्ने, दुई तिहाइ सिट जितेर संविधान संशोधन गर्ने र संविधानमा उल्लिखित मौलिक अधिकारसहित, आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक अधिकार जुन संविधानमा लेखिएका छन्, ती अक्षरशः कार्यान्वयन गर्ने ।

ख) निर्वाचन कानुन तत्काल परिवर्तन गर्ने ः

सबै वाम तथा लोकतान्त्रिक दलहरू मिलेर निर्वाचनमा पैसा खर्च गर्न नपाउने कानुन बनाउने । यस्तो कानुन जसले एक रुपैयाँ खर्च गरेको अभिलेख पत्ता लागेमा सङ्घीय संसद्देखि वार्ड सदस्यसम्मको पद खारेज हुने कानुन बनाउने । निर्वाचनभन्दा अघि दलहरू र व्यक्तिले आफ्नो घोषणापत्र जारी गरेर निर्वाचन आयोगलाई दिने, ती घोषणापत्रमा दलहरूले एकअर्कामा उच्छृङ्खल गालीगलौज गर्न नपाउने प्रावधान राख्ने । खालि जनताको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका कुरामा मात्र दलहरूले प्रतिस्पर्धा गर्ने परिपाटीको कानुन बनाउने । यस्तो निर्वाचन प्रक्रिया फिनल्यान्ड, नर्वे, स्विडेन, डेनमार्क र आयरल्यान्डमा छ । जसअनुसार निर्वाचनमा पैसा खर्च नभएपछि आधाभन्दा बढी भ्रष्टाचार पनि घट्छ । संसद्कै माध्यमबाट समाजवाद उन्मुख संविधान कार्यान्वयन गर्न सकिन्छ । यस्तो अवस्था सिर्जना भए क्रमशः सामन्तवादका बाँकी अवशेषको अन्त्य गर्न सकिन्छ र दलाल पुँजीवादलाई कमजोर गर्न सकिन्छ ।

ग) उत्पादन आन्दोलन गरेर
०४६ सालपछि निरङ्कुश व्यवस्थाले आत्मनिर्भर अर्थतन्त्रका लागि सिर्जना गरेका कृषि उत्पादन प्रणालीलाई कम प्राथमिकता दिएर नेपाली काङ्ग्रेसभित्रको घोर दक्षिणपन्थी नेतृत्वले ऊर्जा र कृषिमा बढी बजेट राखेर व्यापक उत्पादन र न्यायोचित वितरण गर्दै बाँकी उत्पादित वस्तु विदेश निर्यात गरेर व्यापारघाटा घटाईआत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नुपर्नेमा सो नगरी युवा विदेश, विशेषगरी खाडी राष्ट्र र मलेसिया निकासी गरी विप्रेषण (च्झष्तबलअभ) मा आधारित परनिर्भर अर्थतन्त्रको सिर्जना ग¥यो जसले गर्दा प्राकृतिक रूपमा सम्पन्न २४२ प्रकारको हावापानी भएको हाम्रो देश आज भिखमङ्गा भएको छ । बजेट बनाउँदा विदेशी ऋण र अनुदानको अनुहार नहेरी हामीलाई सुख छैन । त्यसैले यस्तो व्यवस्थाको अन्त्य गर्न एक उथलपुथलपूर्ण किसान आन्दोलन उठ्नु जरुरी छ जुन आन्दोलनले विदेश युवा निकासीको परिपाटीको अन्त्य गर्नेछ । किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण सरकारले बाध्य भएर गर्नेछ र उत्पादित वस्तु (तरकारी, अन्य फलफूल, मासु, दूध, जडीबुटी आदि) कच्चा पदार्थ सरकारले उचित मूल्य दिएर किन्ने वातावरण बन्ने र सरकारले नै देशभर र विदेशमा समेत निर्यात गर्ने परिपाटीको व्यवस्थातर्फ त्यो आन्दोलनले उन्मुख गराउनेछ । यसरी किसानमाथि भएको बिचौलियाको शोषणको अन्त्य हुनेछ । यसो गर्न हालका दलहरूले आफ्नो घोषणापत्रमार्फत सुधारोन्मुख काम नगरेर दलाल पुँजीवादसँग घुँडा टेक्न लागेकाले यस्ता दलहरूलाई उद्धार (च्भकअगभ) गर्न सन् २००८ बाट अष्टज अभियान नेपाल नामक आन्दोलन सुरुआत भएको छ । यसले दलाल पुँजीवादमुखी दलहरू र यिनले बनाएको सरकारलाई किसानमुखी कार्यक्रम ल्याउन बाध्य पा¥यो जसअनुसार नेपालमा पहिलोपटक बाली बिमा र पशु बिमा लागू गर्न बाध्य पारेको छ । अब यस आन्दोलनलाई व्यापक तथा देशभर प्रभावमा उतार्न सकियो भने सामन्तवादका अवशेष र विदेशी एकाधिकार पुँजीवादलाई जबरजस्त चुनौती दिन सकिन्छ । देशभित्रै रोजगार सिर्जना हुन्छ ।

अष्टजमार्फत ऊर्जामा देशबाटै वा देशका ३ करोड जनतासँग घटीमा १ लाख सेयर उठाएर सो पैसा बगिरहेको पानीमा लगानी गर्नु जरुरी छ । यसरी जम्मा गर्दा ३,००००००० गुना १०००००= ३०००००००००००००÷– (तीस खर्ब रुपैयाँ) हुन्छ । तीस खर्ब रुपैयाँले बीस हजार मेगावाट विद्युत् उत्पादन हुन्छ । यो विद्युत् विदेश निकासी गर्ने मानसिकता त्याग्न जरुरी छ । सङ्घीय राजधानीबाट ७५३ स्थानीय निकाय र ६,७४३ वडामा प्रत्यक्ष ढुवानीका लागि रोपवे र मानिस यातायातका लागि केबलकार हाल्न सकिन्छ र हाल्नु पर्दछ । यसका अलावा पेट्रोल, डिजेल, ग्याँस आयात बन्द गर्नु पर्दछ । सबै सवारी साधन विद्युतीय बनाउने र देशभरको चुलो पनि विद्युतीय बनाउनु पर्दछ । इन्धनका लागि विदेश जाने खर्च जोगिई अझ बढी सो बचत रकम जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जामा लगाउनु पर्दछ । बनजङ्गल जोगाई वातावरण स्वच्छ बनाउनु पर्दछ । ऊर्जा चुलोले गर्दा हाम्रा बनजङ्गल, बारी तथा खेतमा भएका रूखबिरुवा पनि जोगिनेछन् जसले स्वच्छ वातावरण निर्माण भई मानिस तथा पशु स्वास्थ्यको अवस्था पनि अब्बल हुनेछ । यसरी जोगिएको बनजङ्गलबाट विश्व वातावरणमा योगदान पुग्नेछ र कार्बन उत्सर्जन गर्ने औद्योगिक राष्ट्रहरू चीन, भारत, रुस, अमेरिका, वेलायत, जर्मन, ब्राजिलजस्ता देशसँग कार्बन उत्सर्जनको क्षतिपूर्ति दाबी गर्न सकिन्छ । अहिले पनि हाम्रो बनजङ्गल पर्याप्त छ । त्यसअनुसार उल्लिखित राष्ट्रसँग कार्बन उत्सर्जनको क्षतिपूर्ति माग्नुपर्नेमा दलहरूको नेतृत्व साम्राज्यवाद, विदेशी एकाधिकार पुँजीवादपरस्त हुँदै गएकाले हाल सरकारले माग्न सकेको छैन । अष्टज मार्फत हामीले व्यापक किसान आन्दोलन उठाउन सकेको खण्डमा विदेशपरस्त भएका दलहरू पनि सच्चिनेछन् र त्यसपछि बन्ने सरकारले उल्लिखित राष्ट्रसँग हिम्मतका साथ कार्बन उत्सर्जनको क्षतिपूर्तिबापत ठूलो रकम दाबी गरी लिन सक्नेछ । यसको अलावा हाम्रो पानीको तल्लो तटीय अन्तर्राष्ट्रिय अधिकारको दाबा गरी भारत र बङ्गलादेशसँग क्षतिपूर्ति समेत दाबी गरी आर्थिक आधार सिर्जना गर्न सकिन्छ ।

घ) सडक आन्दोलनबाट
माथि भनिएका शासकीय सुधारबाट समाजवादोन्मुख जनवादी क्रान्ति हुने लक्षण आजका प्रतिनिधिसभामा रहेका दलहरूबाट देखिने छाँट छैन । त्यसैले नेपाल कम्युनिस्ट पार्टीका सडकमा रहेका आफूलाई नयाँ जनवाद वा जनताको जनवाद प्राप्त गर्न सडक आन्दोलन एक मात्र बाटो हो भन्ने कार्यनीति बोकेका दलहरू र अन्य ससाना लोकतान्त्रिक, देशभक्त दलहरूको साझा मोर्चा बनाएर पुनः क. पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यनीतिबाट व्यापक सडक सङ्घर्ष निर्माण गरेर यो सम्पत्तिको सिलिङ नतोकिएको खिचड़ी संविधान (समाजवाद+पुँजीवाद) लाई परिवर्तन गरी दलाल पुँजीवाद र यसका संस्थालाई राष्ट्रियकरण गर्ने र सम्पत्तिको सिलिड तोकेको र निर्वाचन कानुन (जनपक्षीय संशोधन) जो माथि उल्लेख गरिसकिएको छ, समेत राखेर संविधान संशोधन वा नयाँ संविधान निर्माण गरेर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने रणनीति तथा कार्यनीति लिनु जरुरी छ । यो कुरा क. पुष्पलालले आफ्ना लेखन ः नयाँ जनवादी कार्यक्रम, मूलबाटो, तेसो सम्मेलन तथा चौथो सम्मेलनको रिपोर्टमा लेख्नुभएको छ जुन आजको दलाल पुँजीवादी अर्थव्यवस्था तथा राजनीतिक व्यवस्थालाई परिवर्तन गर्न सकिने छ । उक्त आन्दोलनले हालको वेस्ट मिनिस्टर मोडेलको संसदीय परिपाटी अन्त्य गरी बालिग मताधिकारका आधारमा राष्ट्रपतीय प्रणालीको चुनाव गर्ने परीपाटी स्थापना गर्नेछ । साथै यो ७ प्रदेशको खर्चिलो प्रणाली हटाई उत्तर–दक्षिण कोशी, गण्डकी तथा कर्णली ३ प्रदेश, १९ जिल्ला र ३५० स्थानीय निकाय भएको ४ तह सरकारको व्यवस्था समेत गर्नेछ । यसले गर्दा सङ्घ, प्रदेश तथा स्थानीय निकाय कम भई खर्चमा कमी आउनेछ र बचत रकम ऊर्जा र कृषिमा खर्च गरिनेछ ।

(पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईको यो कार्यपत्र पुष्पलाल जन्मशताब्दीका अवसरमा आयोजित विचारगोष्ठीका लागि तयार पारिएको हो– सम्पादक ।)