पुष्पलाल मार्क्सवादी विश्वविद्यालय महाअभियान आरम्भ

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि पुष्पलाल मार्क्सवादी विश्वविद्यालय महाअभियान आरम्भ गरिएको छ। वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारी र सहिद परिवारका सदस्यहरूले रातो मैनबत्ती बालेर महाअभियान आरम्भ गरेका हुन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र अन्य नेताहरू महाअभियानमा सहभागी भएका छन्। ३० कात्तिक, काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि पुष्पलाल मार्क्सवादी विश्वविद्यालय महाअभियान आरम्भ गरिएको छ ।

वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारी र सहिद परिवारका सदस्यहरू सरला रेग्मी, लक्ष्मी पौडेल, इन्द्रकला राई, रेडियमले रातो मैनबत्ती बालेर तथा २९ कम्युनिस्ट वामपन्थी पार्टीका प्रमुखहरूले पुष्पलाल मार्क्सवादी विश्वविद्यालय नामक ग्रन्थ सामूहिक लोकार्पण गरेपछि महाअभियान आरम्भ भएको हो।

काठमाडौंबाट आरम्भ भएको महाअभियानमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल, वामपन्थी नेता एवम् पुष्पलाल–गङ्गालालका भाइ विजयलाल श्रेष्ठ, पूर्वगभर्नर एवम् अर्थशास्त्री डा. दीपेन्द्रबहादुर क्षेत्री, मार्क्सवादी विश्लेषक श्याम श्रेष्ठ, विश्लेषक प्रा. डा. सुरेन्द्र के. सी, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, महिलानेत्री सरला रेग्मी, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली सहभागी थिए ।

यस्तै, नेकपाका अध्यक्षहरू लोकनारायण सुवेदी र ऋषिराम कट्टेल, समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तुमछाली, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, पुष्पलालका भाइ विजयलाल श्रेष्ठलगायत बौद्धिक, २९ कम्युनिस्ट वामपन्थी पार्टीका नेता तथा प्रतिनिधिहरू सहभागी थिए ।

पुष्पलाल मार्क्सवादी विश्वविद्यालय महाअभियानका अगुवा अशोक सुवेदीद्वारा लिखित/सम्पादित ग्रन्थ हो । कार्यक्रमको आयोजना हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान, पुष्पलाल मार्क्सवादी विश्वविद्यालय र माणिक लामा प्रतिष्ठानले सामूहिक रूपमा गरेका हुन् । कार्यक्रममा मार्क्सवाद र पुष्पलालसम्बन्धी ५० भन्दा बढी समूह र संस्थाहरूले ऐक्यबद्धता व्यक्त गरेका छन् ।