विश्व मालेमावादी आन्दोलनको अर्को उचाइको निरन्तर यात्रामा हामी लामबद्ध छौँ र यही यात्राको अर्को नवीन शृङ्खला हो उगकजउबबिmिबचहष्कतगलष्खभचकष्तथ।अयm । यो विभिन्न धारमा विभक्त विश्व कम्युनिस्ट आन्दोलनलाई एउटै माक्र्सवादी लेनिनवादी माओवादी दर्शन, सिद्धान्त, विचार र विकसित प्रविधिको ज्ञान र व्यवहारका साथ एउटै आन्दोलन निर्माण गर्ने र वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने÷पु¥याउने विश्वयात्रा हो । समाजमा वर्ग रहेसम्म निरन्तर जारी रहने वर्गसङ्घर्षको यो एक उन्नत कडी हो । वर्गसङ्घर्षका क्रममा मानवसमाजले आर्जन गरेका सम्पूर्ण ज्ञानहरूलाई हामी एउटै माक्र्सवादी विश्वविद्यालयका माध्यमबाट सर्वहारा वर्गसम्म पु¥याउनेछौँ । यसले संसारकै उत्पीडित सर्वहारा वर्गलाई अपार खुसी र उत्साह प्रदान गर्नेछ भने मरणोन्मुख साम्राज्यवादलाई असीम पीडा र औडाहाले छट्पटी गराउनेछ । त्यसैले आजको दिन मुक्तिका लागि सङ्घर्षरत मानव समाजका लागि विशेष उत्सवको दिन हो । माक्र्सवाद अर्थात् मालेमाको भूतले तर्साइरहेको मानवतावादविरोधी चिन्तन प्रवृत्तिले यस महान् अभियानलाई अवरुद्ध पार्न जति भाँजो हाले पनि हामी उसकै टाउकामा टेकेर उसैमाथि निरन्तर वैचारिक बज्रमुक्का प्रहार गरिरहनेछौँ भने संसारकै उत्पीडित वर्गमा निरन्तर खुसीका सन्देशहरू प्रवाह गरिरहनेछौँ । मालेमाको विकास र प्रयोगका क्रममा आर्जित ज्ञान पस्किने, विकासका क्रममा त्यसलाई निरन्तर धार लगाइरहने र अन्तिम सफलता प्राप्त नभएसम्म बारम्बार प्रयोग गर्दै, सिक्दै, अनुसन्धान गर्दै अघि बढ्ने हाम्रो अठोट यस महान् अभियानमा अझ सार्थक र सफल हुनेछ । नेपालमा माक्र्सवादको बिउ रोप्ने र त्यसलाई अघि बढाउन अनवरत अथक् मेहनत गर्ने नेकपाका संस्थापक कमरेड पुष्पलालका विचार र योगदानहरूसमेतलाई सम्मान गर्दै आरम्भ गरिएको पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको उच्च प्रविधियुक्त यो वैचारिक अस्त्रले मानव जातिलाई निरन्तर प्रेरणा, हौसला, उत्साह, आँट र भरोसा दिइरहनेछ र मालेमालाई आआफ्नो समाजमा प्रयोग गर्न ऊर्जा प्रदान गरिरहनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ । विश्वमै प्रथम प्रयासस्वरूप स्थापना गरी अघि बढाइएको जनविश्वविद्यालय पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको डिजिटल मुखपत्रले हाम्रा आवश्यकताहरू पूरा गर्ने र सर्वहारा वर्गका वैरीहरूलाई परास्त गर्न शक्तिशाली धारिलो वैचारिक अस्त्र प्रहार गर्ने विश्वासका साथ यस महायात्रामा लामबद्ध हुने नेपाल र संसारभरका मालेमावादी बौद्धिक, सहयोगी, समर्थक र शुभचिन्तकहरूमा क्रान्तिकारी अभिवादन व्यक्त गर्दै यो डिजिटल प्रकाशन सार्वजनिक गर्दछौँ । हाम्रो टिम तपाईं–हाम्रो यात्रा अन्तिमसम्म सँगै रहने प्रतिबद्धता व्यक्त गर्दछ ।
अशोक सुवेदी
सम्पादक/प्रकाशक
